काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल अचानक सिंगापुर गएका छन । प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुभन्दा एकदिन अघि अध्यक्ष दाहाल सिंगापुर गएका हुन ।
दाहाल पत्नी सीता र छोरी गंगासहित सिंगापुर प्रस्थान गरेका छन । उनी राजनितिक भेटघाटका लागि सिंगापुर लागेको अनुमान गरिएपनि उनकी पत्नी सीता दाहालको उपचारको लागि गएको दाहालको निजि सचिवालयले जनाएको छ ।
दाहाल पत्नी सिता विरामी परेको खबर समेत नपाएको नेकपाका नेताहरु दाहाल पत्नीको उपचारका लागि सिंगापुर गएको खबरले अचम्मित भएका छन ।
दाहालका प्रेस सहयोगि बिष्णु सापकोटाले सिंगापुर प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र दाहालपत्नी सीता सोफामा सुतिरहेको तस्वीर सार्वजनिक गरेका छन ।
अध्यक्ष दाहाल पत्नी सीता सुगर र पे्रसरको समस्याबाट पिडित भएको बताइएको छ ।
प्रतिक्रिया