देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिष्ट पार्टीमा पेलीएपछि कांग्रेससँग काजीको गुनासो

देशान्तर

एमाले र माओवादी केन्द्रका बीचमा एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । एकतापछि तत्कालिन दुई पार्टीका नेताहरुका बीचमा ध्रुविकरण हुनुपर्ने हो तर त्यसो नभएर विगतको आफ्नै पार्टी तत्कालिन माओवादीका नेताहरुप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग गुनासो गर्दै हिडेका छन्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ । अलि विचारवान र नैतिकतामा पनि आफूलाई माथि नै रहेको बताउने नारायणकाजीले अहिले भिएलएन प्रकरणमा आफूलाई तत्कालिन माओवादी नेता गृहमन्त्री रामबहादुर थापाले नटेरेको गुनासो प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग गर्न थालेका छन् । ती कांग्रेस नेताका अनुसार श्रममन्त्री गोर्कण विष्टले भिएलएन प्रकरणमा पक्षपाती तबरबाट कारवाही सुरु गरेको भन्दै गृहमन्त्री बादलसँग नारायणकाजीले विचार गर्न भनेको रहेछन् । तर बादलले नारायणकाजीलाई नटेरेपछि उनले प्रतिपक्ष दल कांग्रेस नेताहरुसँग गुनासोको पोको खोलेको तथ्य सार्वजानिक भएको छ ।

उनले कांग्रेस निकट र नारायणका निकटका भिएलएन आवद्ध व्यवसायीलाई मात्र कारवाहीको तयारी गोकर्ण विष्टले गरेपछि विचार गर्न आफ्नै सहकर्मी नेता बादललाई आग्रह गरेको तर बादलले मात्र नभएर अध्यक्ष प्रचण्डले पनि वास्ता नगरेपछि नारायणकाजी बैरागिएको बताइएको छ । उनले कांग्रेस नेतालाई बादलले गृहमन्त्रालयमा बसेर छापामार युद्ध सुरु गरेको तर धेरै नटिक्ने समेत बताएका थिए ।

त्यती मात्र नभएर माओवादीमा आफु पिडित बनेको अन्य तथ्य समेत नारायणकाजीले पोखेको ती कांग्रेस नेताले बताए । उनले बर्षामान पुन, चक्रपाणी खनाल र शक्ती बस्नेत पैसा र माफियाबाट चलेको तर बादलाई कसले चलाएको भन्ने बिषयमा आफुले पत्ता नपाएको बताएका थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा सल्लहाकार बनेको चक्रपाणी खनाल बलदेवले आफुमाथि हातपात गर्न खोजेको समेत गुनासो नारायाणकाजीको छ । दुग्धविकास संस्थामा एक जना प्राविधीक भर्ना गर्ने सम्बन्धमा बलदेबसंग विवाद हुँदा बलदेवले उनी माथि हातपात गर्न उत्रदा वालुवाटारमा सुरक्षाकर्मीले रोकेको गुनासो समेत गरे ।