देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता भएन

देशान्तर

काठमाडौं । सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मुद्धा दर्तागर्न अश्विकार गरेको छ ।

गणतन्त्र दिवसको दिन जन्मकैदको सजाय भोगीरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा दिई कैदमुक्त गर्दा अदालतको अवेहलना भएको दावी सहित परेको रिट निवेदन सर्वोच्च अदालतबाट दर्ता अस्वीकार भएको हो ।

सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायण प्रसाद पन्थीले माफी मिनाहा विषयको उत्प्रेषण तथा परिषेध सम्बन्धी मुद्दा सर्वोच्च अदालतमै विचाराधिन भएकाले अर्को अवहेलना मुद्दा दर्ता गर्न नमिलेको बताए ।

सर्वोच्च अदालत नियमाली २०७४ को नियम १८ तथा मुलुकी ऐन, २०२० को को २७ बमोजिम दर्ता गर्न नमिलेको मुद्दा दरपीठ आदेशमा उल्लेख छ ।

गणतन्त्र दिवसका दिनमा नेपाल सरकार मन्त्रिपरिषदको २०७५ जेठ १३ को निर्णय र २०७५ जेठ १४ को सिफारिसमा राष्ट्रपतिबाट ढुंगेललाई माफि दिइएको थियो ।

नेपालको संविधान २०७२ को धारा २७६ अन्तर्गत जेल बाट छोड्ने कार्य बिपक्षीबाट भएको र सो कार्यले अदालतको अबहेलना भएको हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को ४ बमोजिम निज बिपक्षीलाई हदै सम्म सजाय गरिपाँउ भन्दै वरिष्ठ अधिववक्ता सुरेन्द्र भण्डारीले मुद्धा दायर गरेका थिए ।

ढुंगेललाई सर्वोच्च अदालतको २०६६ पुस १९ को फैसलाले कर्तब्य ज्यान मुद्दामा सर्वोस्व सहित जन्मकैद भएको थियो । ढुंगेललाई माफी दिने कार्य गलत रहेको पनि अवहेलना मुद्दामा दावी गरिएको थियो ।