देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रम्प–किम ऐतिहाँसिक वार्ता आज

देशान्तर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ ऊनबीच मंगलबार ऐतिहासिक वार्ता हुँदैछ । यो वार्तापूर्व कोरियाली प्रायद्विपलाई निःशस्त्रीकरण गर्न केही प्रयास गरिएका थिए । सन् १९५० मा सुरु कोरियाली युद्ध सन् १९५३ मा ३८ प्यारालल लाइनको घोषणा गरी युद्धविराम भएको थियो ।

३८ प्यारालल लाइनलाई तत्कालीन सोभियत संघ समर्थित उत्तर कोरिया र अमेरिका समर्थित दक्षिण कोरियाबीच सीमा निर्धारण गर्ने रेखाका रूपमा लिइन्छ । युद्धविराम भए पनि दुवै कोरियाबीच सम्बन्ध तनावपूर्ण नै रह्यो । स्थिति सामान्य बनाउन अनेकौं प्रयत्न भए पनि यथास्थितिमै रह्यो । युद्धविरामपछि दक्षिण कोरिया अमेरिकाको सुरक्षा छातामुनि रह्यो भने अमेरिकाले विश्वको सुरक्षामा उत्तर कोरिया प्रमुख खतराका रूपमा चित्रित गर्दै आएको छ । विशेषगरी उत्तर कोरियाको युरेनियम प्रशोधन र आणविक शस्त्र विकास सुरक्षा चुनौती बनेको दाबी अमेरिकालगायत पश्चिमी देशहरूले गर्दै आएका छन् ।

पछिल्लो समय उत्तर कोरियाले आणविक शस्त्र विकास कार्यक्रम तीव्र पारेपछि उसको एकमात्र समर्थक र छिमेकी चीन, अमेरिकासहित संयुक्त राष्ट्र संघले आर्थिक नाकाबन्दी लगाएका छन् । यसैबीच कोरियाली समस्या समाधान गर्न विभिन्न चरणमा वार्ता पनि भए ।

– सन् १९८५: उत्तर कोरियाले आणविक अप्रसार सन्धीलाई सम्बोधन गरे पनि कुनै पनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सम्बन्धी सुरक्षा सम्झौता पालना गरेन । – सन् १९९१: अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुस र तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्वाचेवले विदेशमा तैनाथ गरेका आआफ्ना आणविक शस्त्र फिर्ता गर्ने निर्णय गरे जसमा कोरियाली युद्धताका दक्षिण कोरियामा तैनाथ गरिएका शस्त्र पनि थिए । त्यसको केही महिनापछि दक्षिण कोरियाली राष्ट्रपतिले आफ्नो देशले कुनै पनि आणविक हतियार उत्पादन र भण्डारण नगर्ने बताए ।

– सन् १९९२: उत्तर र दक्षिण दुवै कोरियाले कोरियाली प्रायद्विपलाई आणविक हतियारमुक्त क्षेत्रका रूपमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरे । आणविक हतियार परीक्षण, उत्पादन, आविष्कार गर्न वा अन्यत्र तैनाथ गर्न आपसी प्रमाणीकरण गर्नुपर्ने सहमति गरे । – सन् १९९३: उत्तर कोरियाले आफू आणविक अप्रसार सन्धीबाट बाहिरिने जानकारी संयुक्त राष्ट्र संघ र अमेरिकालाई दियो । अमेरिकी अनुसन्धान एजेन्सीहरूले उत्तर कोरियासँग धेरै मात्रामा प्लुटोनियम (आणविक शस्त्र निर्माणको कच्चा पदार्थ) भण्डारण भएको अनुमान गरे ।