देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

देशान्तर

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी (एपीएफ) क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

एपीएफको जितमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । अनिलले ७२ बलमा ६३ रन, प्रदीपले ९९ बलमा ६३ रन बनाए । ओपनिङ आएका सुवास खकुरेल १८ बलमा १४ रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए ।

यस्तै पृथु बास्कोटाले २४ बलमा ३२ रन, रोहितकुमार पौडेलले २५ बलमा १५ रन र करण केसीले १० बलमा १५ रन बनाए ।
आर्मीका सोमपाल कामीले तीन साथै बिक्रम सोबले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । उसका लागि भीम सार्कीले ४८ बलमा ४५ रन, सोमपाल कामीले ३३ बलमा ३६ रन, विनोद भण्डारीले २५ बलमा ३५ रन साथै राजेश पुलामी मगरले ५३ बलमा २७ रन बनाएका थिए ।

आर्मीको ब्याटिङ कमजोर पार्न एपीएफका करण केसीले तीन, बसन्त रेग्मीले र भुवन कार्कीले दुईरदुई साथै पवन सर्राफ र अमर सिंह रौटेलाले एकरएक विकेट लिए ।