धेरै सपना सजाई गाउँ देखि सहर झरे
साउको ऋण तिर्ने बाका सम्झिएर सहर झरे
गाउँ जस्तो हुदैन् रहेछ यो सहर
भागेको निन्द्रा सडकको किनारमा बिताउने हुदैन रहर
देखेको सपना भन्दा फरक हुदो रहेछ यो सहर ।।
धेरै स्वार्थ रहेछ यो सहर सबै रहर मरे
बर्षाको भेलले घर बगाएको सम्झिएर रुए
बर्षाको भेलले नबगाउने घर बनाउने
सपना बोकेर गाउँ देखि सहर झरे
देखेको सपना भन्दा फरक हुदो रहेछ यो सहर ।।
आफ्नाले आफ्नालाई चिनेन्न नाता तोडेर झरे
आफ्नताको नाउँमा शत्रु सबै मरेर गए
एक छाक खान लाउन जता ततै लुटिएका छन्
लुटिने माथि नलुटिने तलपरेको देखेर झरे
देखेको सपना भन्दा फरक हुदो रहेछ यो सहर ।।
एक छाक खान लाउन अब गार्हो हुने भयो
धेरै पौसा कमाउने रहर मरेर गए
लाखौं मानिसको भिडमा एक्लै म झरे सहर
धेरै स्वार्थ रहेछ यो सहर सबै रहर मरेरझरे
देखेको सपना भन्दा फरक हुदो रहेछ यो सहर ।।
धेरै सपना सजाई गाउँ देखि सहर झरे
साउको ऋण तिर्ने बाका सम्झिएर सहर झरे
गाउँ जस्तो हुदैन् रहेछ यो सहर
भागेको निन्द्रा सडकको किनारमा बिताउने हुदैन रहर
देखेको सपना भन्दा फरक हुदो रहेछ यो सहर ।।
धन्यवाद ।
लेखक: अन्जना बिसुन्के
सुर्यविनायक,०५ भक्तपुर
प्रतिक्रिया