देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनको प्रक्रिया अगाडि बढछ– मन्त्री जोशी

देशान्तर

विराटनगर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मधेसी मोर्चाको मागलाई पूरा गर्नका लागि चाँडैनै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस विषयमा मोर्चालगायतका दलसँग छलफल भइरहेको जानकारी गराए । 

उनले लोकमानसिंह कार्कीको विषयमा नेपाली काँग्रेसले ‘उचित समयमा उचित निर्णय लिने’ भन्दै उनले यस विषयमा काँग्रेस जनतासमक्ष विश्वस्त रुपमा प्रस्तुत हुने जानकारी गराए । 

लोकमानको विषयले संयुक्त सरकारमाथि असर पर्नसक्ने सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले यस विषयमा सरकारको गठबन्धनमा कुनै असर नपर्ने स्पष्ट पारे । 

विराटनगरको ऐतिहासिक जुट मिल विगत दुई वर्षदेखि बन्द रहेको विषयमा पत्रकारको जिज्ञासामा उनले यस विषयमा अध्ययन भइरहेको र यस्ता उद्योगलाई सञ्चालन गरेपछि पुनः बन्द हुन नदिने खालका नीति बनाइने उल्लेख गरे । 

औँषधि लिमिटेड सरकारले सञ्चालनमा ल्याएको चर्चा गर्दै उहाँले सञ्चालन हुने खालका केही उद्योगको विषयमा गहन रुपमा अध्ययन भइरहेको र आगामी दिनमा लगानीकर्ताको सहकार्यमा सञ्चालनका लागि बोलपत्र आह्वान गरिने जानकारी गराए ।

]]>