काठमाडौं । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको हो ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा ल्यान्डिङका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएको थियो। विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो।
दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।
दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ।
प्रतिक्रिया