काठमाडौं । सम्पन्न मुलुकहरुको समूह जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् ।क्यानडामा भएको जी–सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले रसियालाई पनि समूहमा सहभागी गराउनुपर्ने आकस्मिक प्रस्ताव गरेपछि उनी एक्लिएका हुन ।
बैठकमा राष्ट्रपति ट्रम्पले रुसलाई जी–सेभेन समूहमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेका थिए। यसअघि पनि सोही समूहमा रहेको रुसलाई अन्य मुलुकहरुले क्रिमियालाई रुसमा गाभेपछि निस्कासन गरेका थिए ।
अमेरिकी राष्ट्रपतिको प्रस्तावपछि जर्मनीका चान्सलर एन्जिला मर्केलले अरु युरोपियन मुलुकहरु रुसलाई ल्याउन कुनै पनि हालतमा सहमत नहुने बताए ।त्यसैगरी बैठकमा अमेरिकाले हालै लगाएको स्टिल र आल्मुनियममाथिको करका विषयमा पनि चर्को आलोचना भएको छ ।
प्रतिक्रिया