काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीउ धनसँग खेलबाड गर्ने छुट कसैलाई नरहेको बताए ।प्रदेश नम्बर १ को प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकलाई आतंकित पार्ने, हिंसाको कुरा गर्नेलाई निर्वा्चित सरकारले नछाड्ने चेतावनी दिए ।
विप्लव प्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले कोही चन्दा उठाउनकै लागि अझै पनि क्रान्ति भन्दै हिँडेको बताए । अब नागरिकको शासन स्थापित भइसकेको भन्दै उहाले अब कसका लागि आन्दोलन, कस्का लागि क्रान्ति भन्दै प्रश्न पनि गरे ।
सार्वभौमसत्ता, अखण्डतामा प्रश्न उठाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गर्दै उनले पृथकतावाद, बिखण्डनवाद, भौगोलिक अखण्डतालाई बिथोल्ने काम स्वीकार्य हुनै नसक्ने बताए ।
प्रतिक्रिया