देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद नियमावली बहुमतले पारित, सांसदलाई फौजदारी अभियोग लागेपनि छुट

देशान्तर

काठमाडौं । संघीय संसदमा सुक्रबार बसेको प्रतिनिधिसभा बैठकले संसद नियमावली २०७४ पारित भएको छ। संघीय संसदको सुक्रबार बसेको बैठकले नियमावली बहुमतले पारित गरेको हो।

नियमावलीको पक्षमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस लगायतका दलले मत दिएका थिए। सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले भने विपक्षमा मतदान गरेका थिए। नियमावलीमा नेपाली कांग्रेसले राखेको संशोधन प्रस्ताव फिर्ता लिएको थियो ।

नियमावलीमा संसदको कार्यसूची अघिल्लो दिन सांसदहरुलाई दिने व्यवस्था राखिएको संसद सचिवालयले जनाएको छ। त्यस्तै सांसदहरुले शून्य समय र विशेष समयमा उठाएको विषयको सरकारले ५ दिनभित्र संबोधन गर्नुपर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ।

संसदमा महिनामा दुई पटक सांसदहरुले कार्यकारी प्रमुखलाई सिधाप्रश्न गर्न पाउने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था पनि राखिएको छ।
संसदीय समितिका सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। संसदीय समितिको संख्या भने १० वटा राखिएको छ।