देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकमानकी छोरीसहित अख्तियारका एघार विज्ञ हटाइए

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ । 

कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहेका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । हटाइनेमा कार्कीका छोरी आध्याश्री कार्की (मेडिकल विज्ञ) पनि छिन् । 

आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सो निर्णय यही कात्तिक १७ गतेदेखि लागू हुने गरी गरिएको हो । उनले आध्याश्री कार्कीलाई अवैतनिक विज्ञका रुपमा मात्र राखिएको स्पष्ट गरे । 

]]>