काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर एकको संसदलाई सम्बोधन गर्ने भएका छन्। ओलीले शनिबार प्रदेश एकको संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
सरकारको नीति कार्यक्रम तथा बजेटका विषयमा ओलीले एक नम्बरको संसदमा सम्बोधन गर्नेछन्। ओलीले यसअघि प्रदेश ५ र प्रदेश ३ को संसदलाई सम्बोधन गरिसकेका छन्।
प्रतिक्रिया