काठमाडौं । सरकारले विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा छापा मार्न सुरु गरेको छ । युवाहरुलाई विदेश पठाउने नाममा होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन गरेर राख्ने गरेको सुचनाका आधारमा छापामार्न सुरु गरेको हो ।
प्रहरीले नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदेश पठाउने बाहानामा थन्क्याएर राखिएका ४१ वटा पासपोर्ट जफत गरेको छ ।
राहदानी संकलन गरी राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारी गेस्ट हाउसका संचालक प्रेमबहादुर बिकलाई पक्राउ गरेको छ ।राहदानीसहित प्रहरीले विकलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
प्रतिक्रिया