काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले निजी आवास पुनर्निर्माणमा ढिलाइ गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘निजी आवास पुनर्निर्माणसम्बन्धी समस्या पहिचान र समाधान’ विषयक अन्तक्रिर्यामा बोल्दै उनले पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि सो अनुसारको काम हुन नसकेको भन्दै असन्तुष्टी जनाएका हुन् ।
अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठीलगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यकाभित्रको निजी आवास पुनर्निर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत पनि गराए ।
उनले जनप्रतिनिधिहरुलाई पनि निजी आवास पुनर्निर्माणको काममा सक्रियतापूर्वक सहभागी हुन पनि आग्रह गरे ।
प्रतिक्रिया