काठमाडौं। पर्साको वीरगन्जबाट ३१ लाख ८० हजार रुपैयाँ प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नं १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा भारत बिहारका रोहित केशरी र चितरञ्जन प्रसाद रहेका छन् ।
रक्सोलबाट वीरगन्जतर्फ ना।२७ प ३८११ नम्बरको मोटरसाइकलमा ठूलो मात्रामा भारतीय रुपैयाँ लिएर आएका उनीहरुलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया