देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश ७ : संसदीय दलको नेतामा त्रिलोचन भट्ट

देशान्तर

काठमाडौं । प्रदेश ७ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि पहिलो पटक बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेतामा चयन गर्ने निर्णय गरेको हो । भट्ट यसअघि माओवादी केन्द्रका तर्फबाट दलको नेता चयन भई मुख्यमन्त्री भएका थिए ।

एकीकरण अघि एमाले संसदीय दलको नेता रहेका प्रकाशबहादुर शाह नेकपाको उपनेता बनेका छन् । बैठकले प्रमुख सचेतकमा तारा लामा तामाङलाई चयन गरेको छ । उनी यसअघि एमालेबाट प्रमुख सचेतक थिए । यसैगरी सचेतकमा अक्कल रावल छ्नोट भएका छन् । बैठकमा नेकपाका स्थायी समिति सदस्यहरु भीम रावल र लेखराज भट्टको समेत उपस्थिति थियो ।