काठमाडौं । काठमाडौंका एक ट्याक्सी चालकले ट्याक्सीभित्र छुटेको यात्रुको ५ लाख रकम ट्राफिक प्रहरीलाई बुझाएका छन् । मंगलबार बिहान बा १ ज ५२७५ नम्बरको ट्याक्सीका चालक ओखलढुङ्गा वरुणेश्वर ४ का २९ वर्षीय ओम प्रसाद डोटेलले सो रकम फिर्ता गरेका हुन् ।
मंगलबार बागबजार भक्तपुर बसपार्कसम्म जाँदा सोलुखुम्बु महाकुलुङ घर भई हाल काठमाडौं फैका बिर्गधन राईको ५ लाख रकम ट्याक्सीमै छुटेको थियो । राईले रकम हराएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिए ।
महाशाखले सिसिटिभीमार्फत ट्याक्सीको खोजी गर्दा पहिचान खुलेको र चालकले पनि रकम भेटिएको बताएको महाशाखाले जनाएको छ । फेला परेको रकम महाशाखाका डिएसपी विश्वमणि पोखरेलले राईलाई प्रदान गरे ।
प्रतिक्रिया