देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काम नगर्ने ठेकेदार धमाधम पक्राउ पर्दै

देशान्तर

ओखलढुुंगा । ठेक्का लिएको पाँच बर्षमा १० प्रतिशत समेत काम पुरा नगर्ने ठेकेदारलाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ ।

मोलुङ गाउँपालिका १ र सुनकोशी गाउँपालिका १० जोड्ने मोलुङ खोलाको पक्की पुल निमार्णको ठेक्का पाएको राजेन्द्र लोकप्रिय जेभीका सब–कन्ट्रयाक्टर रविन्द्र लामालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

लामालाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको निर्देशनमा पक्राउ गरिएको हो । उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि २०७० साल असार ३० गते सम्झौता गरिएको भएपनि हालसम्म चार प्रतिशत पनि काम हुन सकेको छैन ।

८० मिटर लम्बाई र ५ मीटर चौडाइमा निमार्ण हुने पुलका लागी सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ रुपैयाँको लागतमा सम्झौता भएको थियो । पछि डिजाइन परिवर्तन पश्चात ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ रुपैयाँ र्पुयाइएको हो । तर पनि ठेकेदारले पुल निमाणको काम अलपत्र छाडेका हुन् ।

प्रजिअ पन्तले सरकारको निर्देशन अनुसार ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदार कारवाही प्रकृया सुरु गरेको गरेसंगै कामचोर ठेकेदारहरुको पसिना छुट्न थालेको छ ।

जिल्लामा पाँच वर्षदेखि ठेक्का लिएका पुल, विद्यालय भवन, स्वास्थ्य चौकी ,सडक लगायतका पूर्वाधारहरु एक दर्जन हाराहारीका ठेकेदारले अलपत्र छोडेका छन् । उनिहरुहरुलाई धमाधम प्रशासनमा झिकाई  स्पस्टीकरण सोध्ने तथा कारबाही गर्न थालिसंगै ठेकेदारहरुको भागारभाग सुरु भएको छ ।

जिल्लाभरको विवरण अध्ययन गर्दा पाँच जना बढी ठेकेदार कारवाहीको दायरामा ल्याउनुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । ‘यती नै हो भनेर अहिलेनै हामी भन्दैनौ तर पक्राउपछि धमाधम सार्वजनिक गर्नेछौ’पन्तले भने ।

‘अब पनि समय दिने माफी दिने समय हैन, सिधै एक्सनमा उत्रने समय आएको उनले बताए । जिल्लामा कामचोर ठेकेदारको संख्या धेरै रहेकाले उनीहरुलाई  दवाव नदिएसम्म बिकास निमार्णले गति नलिने जिल्ला समन्वय समितीका अध्यक्ष जय बहादुर श्रेष्ठले बताए ।