काठमाडौं । विश्व वातावरण दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ ।
वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि यो दिवस मनाउन थालिएको हो ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो ।
प्रतिक्रिया