काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट गएको महिला संघको महाधिवेशनमा प्रत्यासी रहेका महिला नेतृहरुले आफ्नो पक्षका पार्टीका नेताहरुलाई राखेर भेला गरेका छन् । उनीहरुले महिला संघमा एकलौटी रुपमा मनोनयन गरिएको भन्दै महिला नेतृहरुले आपत्ती जनाउदै सवै प्रदेशमा भेला गर्ने निष्कर्ष निकालेका छन् ।
महिलाहरुको भेलामा पौडेल पक्षका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा रामशरण महत, केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, दिलेन्द्र बडु, कमला पन्त लगायतका नेताहरुको सहभागिता थियो ।
भेलामा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी मात्र नभई भ्रातृ संस्थाहरुमा समेत कब्जा जमाएर पार्टी कब्जा गर्ने रणनीतिमा लागेको आरोप लगाएका थिए । उनीहरुले सभापति देउवाले पार्टी कार्यालयबाट जिल्ला जिल्लामा क्रियाशील सदस्यता फारम वितरण गर्दै बैधानिक रुपमा पार्टी कब्जा गर्ने तयारीमा लागेको बताएका थिए ।
नेताहरुले पनि महिला नेतृहरुलाई सवै प्रदेशमा प्रदेश स्तरिय कार्यक्रम र जिल्ला जिल्लामा समेत जिल्ला स्तरिय कार्यक्रम लिएर जान निर्देशन दिएका थिए ।
प्रतिक्रिया