काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकार समतामुलक समाज निर्माणमा लागेको बताएका छन्। १२ औं जातिय छुवाछुत उन्मुलन दिवसको अवसरमा बोल्दै थापाले यस्तो बताएका हुन्।
उनले दलित समयुदायमाथि हुने विभेद अपराध भएको बताउँदै छुवाछुत गर्नेहरुलाई कारबाही गर्ने बताए। सरकार सबै क्षेत्रका अपराध निर्मुल पार्न लागेको समेत उनले बताए।
नेपालको परिवर्तनको आन्लदोलनमा दलित समुदायको महत्वपूर्ण भुमिका रहेको भन्दै उपलब्धीहरुको संरक्षण गर्नुपर्ने समेत उनले बताए।
धेरै दलितहरु गरिबीको रेखामुनि रहेकोले उनीहरुको आर्थिक अवस्था उकास्नका लागि सरकारले विशेष कार्यक्रमहरु लिएर आउने समेत उनले बताए।
प्रतिक्रिया