काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय व्यवस्थामा आउन आह्वान गरेका छन । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सोमबार भएको पत्रकार भेटघाटमा उनले विप्लवको भावना पनि देशलाई बनाऔै भन्ने नै रहेको आफूले पाएको भन्दै संसदीय प्रक्रियाको बाटोमा आउन आग्रह गरे ।
सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई कांग्रेसले रचनात्मक र सृजनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको भूमिकालाई कमजोर देख्ने, मुलुकमा कम्युनिष्ट बाहेक अरु नदेख्ने, बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनस्थिति पालिरहेमा कांग्रेस कडा रुपमा प्रस्तुत हुने समेत उनले बताए ।उनले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप पनि लगाए ।
प्रतिपक्षीलाई होच्याउने, विदेशी सेना बोलाएर नेपालमा परेड गराउने, निराशाजनक श्वेतपत्र ल्याउने, उमंगहीन बजेट ल्याउने जस्ता काम सरकारले गरेको भन्दै उनले बालकृष्ण ढुंगेललाई थुनामुक्त गथरेर गणतन्त्रको उपहार दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी समेत गरेका छन ।
प्रतिक्रिया