देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाई मारेको अभियोगमा १२ वर्ष जेल सजाय

देशान्तर

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–२, मा गाईको हत्या गर्ने एक जनालाइ १२ वर्ष जेल सजायको फैसला भएको छ ।भाटेपोखरा निवासी यमबहादुर खत्रीलाई तीनवटा गाई मारेको अभियोगमा १२ वर्षको जेल सजाय तोकिएको हो ।

स्थानिय छिमेकी बलदेब भाटको जाहेरीका आधारमा खत्रीलाई गोठमा बाँधेका १ रातो र २ कालो गाईलाई बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका अभियोगमा वर्ष कैद सुनाइएको हो ।मुलुकी ऐन चौपाया महलको १ नम्बर र ११ नम्बर बमोजिम खत्रीलाई कारबाही गरिएको हो ।

खत्रीलाई अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले १२ वर्ष कैदको फैसला गरेको अर्घाखाँची जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए ।