देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेट यथार्थमा आधारित छ:महासचिव पौडेल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा सांसद विष्णु पौडेलले आर्थिक वर्ष २०७५र०७६ को लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको बताएका छन ।

प्रतिनिधिसभाको आइतबार बैठकमा उनले यथार्थमा आधारित भएर बजेट आएको भन्दै बजेटले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।आगामी आवमा बजेट आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ठीक स्थानमा राख्ने लक्ष्य लिएको भन्दै उनले बजेटले समृद्धिको बाटो पहिल्याउने बताए ।

पूर्व अर्थमन्त्री पौडेलले कर प्रणालीको सुधार र रोजगारी वृद्धिलगायतका कार्यक्रम समेटेको भन्दै पूर्वाधारको विकासमा पनि बजेटले विशेष जोड दिएको स्पष्ट पारे ।