काठमाडौं । सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमा प्रतिपक्षी दलका सांसदले इन्धनमा भएको मुल्यवृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठक सुरु हुनासाथ समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले ३ महिना भित्र पाच पटक पेटोलिम पदार्थको मुल्य वृद्धि भएको भन्दै मुल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका थिए।
खेती लगाउने समयमा इन्धनमा मुल्य बढाएर सरकारले किसानलाई मार्न खोजेको उल्लेख गर्दे उनले मुल्यवृद्धिको प्रभाव खाद्य वस्तु, यातायात लगायत सबै क्षेत्रमा देखिएको भन्दै मुल्य वृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए। शनिबार रातिदेखि लागु हुने गरी सरकारले इन्धनको मुल्य वृद्धि गरेको छ।
प्रतिक्रिया