देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

देशान्तर

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि बिरामी परेका छन ।

भारतको मेदान्त अस्पतालमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्किएका राष्ट्रकवि घिमिरे फेरि बिरामी परेका हुन ।

घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।

उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ । राष्ट्रकवि घिमिरेलाई बाइल्याट्रल निमोनिया भएको उपचार संलग्न डाक्टरले बताएका छन्।