देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि बढ्यो इन्धनको मूल्य

देशान्तर

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३र३ रुपैयाँ वृद्धि गरेकोे हो ।अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी०ले शुक्रबार नयाँ मूल्यसूची पठाएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले बताए । आयल निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । निगमलाई अहिले ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।

निगमले प्रत्येक १५र१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।