काठमाडौं, । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बूढीगन्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गरिने भएको छ ।
लामो समयदेखि आयोजना कुन ढाँचामा, कसरी निर्माण गर्ने र त्यसको प्रक्रिया के हुने रु भन्नेबारेमा रहेको विवादलाई हल गर्दै सरकारले आफ्नै लगानीमा आयोजना सुरु गर्ने नीतिगत व्यवस्था गरेको हो ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो आयोजनाको मुआब्जा वितरण गरी निर्माण प्रक्रिया सुरु गर्ने विषय समेटिएको छ ।अघिल्लो सरकारले आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको थियो । आयोजनालाई लगानीयोग्य बनाउनका लागि करिब रु एक खर्ब बराबरको अनुदान उपलब्ध गराउने निर्णयसमेत गरेको थियो ।राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा। स्वर्णिम वाग्ले नेतृत्वको कार्यदलले आयोजनाका लागि कुन निकायबाट के–कति मात्रामा रकम जुटाउनेलगायत विषयमा स्पस्ट प्रतिवेदनसमेत दिएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजना प्रभावितलाई मुआब्जा वितरण प्रक्रियालाई तीव्र पार्ने र आयोजना निर्माण प्रक्रिया सुरु गर्ने तयारीमा मन्त्रालय रहेको बताउँछन् ।उनले गत वैशाख २५ गते सार्वजनिक गरेको श्वेतपत्रमासमेत सो आयोजना निर्माणको प्रक्रिया सुरु गर्ने विषयलाई प्रस्टरुपमा उल्लेख गरेका छन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार आगामी आवमा सो आयोजनाका लागि रु १८ अर्ब बजेट विनियोजन गरिएको छ ।
आयोजनाका लागि चालू आवमा सरकारले विनियोजन गरेको रु १० अर्बमध्ये हालसम्म करिब रु तीन अर्ब रकम वितरण भइसकेको छ । चालू आवको बाँकी रहेको अवधिमा सकेसम्म बढीभन्दा बढी मुआब्जा वितरण गर्ने तयारी गरिएको छ ।
आव २०७३्७४ मा विनियोजन गरिएको रु पाँच अर्ब रकम विनियोजन गरिएको थियो । आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीलाईमात्रै रु ६३ अर्ब रकम वितरण गर्नुपर्ने आवश्यकता छ ।
प्रतिक्रिया