काठमाडौं । श्रीलङ्काको दक्षिणी क्षेत्रमा भाइरल ज्वरोको कारण १४ जना बालबालिकाको मृत्यु भएको छ ।चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका छन् ।
दक्षिणी श्रीलङ्काको कारापितिया शिक्षण अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक जयम्पथी सेनानायकेले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारी अनुसार श्रीलङ्कामा अहिलेसम्म भाइरल ज्वरोका कारण १४ जनाको मृत्यु भएकोमा कारापातियामा १३ र एक जनाको राजधानी कोलम्बोमा मृत्यु भएको छ ।
मृतक सबै दुई वर्षभित्रका बालबालिका रहेका बताउँदै उनीहरूमा बिरामी बालबच्चाहरूमा उच्च ज्वरो, रूघा, खोकी तथा टाउको दुख्ने समस्या रहेको पाइएको सेनानायकेले बताए ।
प्रतिक्रिया