देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले गरे आत्मसमर्पण अदालतमा

देशान्तर

काठमाडौं ।किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् ।

एसएसपी खत्री विहीबार जिल्ला अदालत मोरङमा आफैँ उपस्थित भएका हुन् । अहिले उनको बयान लिने क्रम सुरु भएको छ ।

सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेतीले एसएपी खत्री सुन तस्करीका मुख्य सहयोगी भएको र उनले नै पैसा लिएर आफूहरुले विदेशबाट ल्याउने सुन विमानस्थल बाहिर पठाउन सहयोग गर्ने गरेको बयान दिएका थिए ।

विमानस्थलमा कार्यरत एसएसपी सुन तस्करी प्रकरण बाहिरिएसँगै फरार थिए ।प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इण्टरपोलले खत्रीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।