काठमाडौं ।नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर अर्धनग्न प्रदर्शन गरेको छ ।
नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा अर्धनग्न प्रदर्शन गरेको हो ।
प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाउनुभयो । आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
यसैगरि पोखरामा पनि ढुंगेललाई दिएको आममाफीको विरोधमा राकेजुलुश सहित बृहत प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।
प्रतिक्रिया