काठमाडौं– सरकारले युवा उद्यमीलाई लगानीमा आकर्षित गर्ने उद्देश्यले व्यवसाय च्यालेन्ज फन्ड बनाउने भएको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले आज संसदमा गरेको बजेट भाषणमा महिलालाई महिलालाई स्वरोजगार बनाउन उद्यमशीलता तालिमको व्यवस्था गरिने छ ।
त्यस्तै, हाल देशभित्र पर्याप्त अवसरको विकास नभइसकेको अवस्थामा अल्पकालीन रणनीतिको रुपमा वैदेशिक रोजगारीलाई उपयोग गरिने छ । तर, शिप सिकेरमात्रै विदेश जान पाइने छ ।
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सबै प्रदेशमा श्रम सेवा कार्यालयको स्थापना गरिनेछ । यस्तै विदेशबाट फर्किने युवालाई परियोजनामा आधारित १० लाख ऋण दिने र त्यस्तो ऋणको सुरक्षणको लागि बीमाको व्यवस्था गरिनेछ ।
प्रतिक्रिया