देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढुंगेलको रिहाइप्रति संसदमा कांग्रेस नेता गगनको आपत्ति

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले बालकृष्ण ढुंगेलको रिहाइप्रति सरकारको जवाफ मागेका छन्।

संसदमा विशेष समय मागेर बोल्दै पूर्वसभासद ढुंगेललाई गणतन्त्रब दिवसको अवसर पारेर गरिएको रिहाइप्रति आपत्ति जनाएका हुन्। उनले यो घटना सत्यनिरुपण तथा मेलमिलाप आयोगको नभएको पनि दाबी गरे। उनले भने,‘ गम्भीर मानवअधिकार उल्लंघन भएका घटनाको क्षेत्र आयोगको होइन भनेर सर्वोच्चले स्पष्ट पारेको छ।

त्यसै सरकोरले छुट दिन पाउँदैन।’ ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोमा सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका ढुंगेललाई सरकारले गणतन्त्र दिवसका दिन मंगलबार मात्र असल आचारणका आधारमा जेलमुक्त गराएको थियो। सर्वोच्चको निर्णयको विरोध गर्दै आएका ढुंगेललाई त्यसै छोड्न नहुने उनले बताए।

यो फैसला गर्नेको फिला नचिरी जेल जान्न भन्नेलाई बिना कारण जेलमुक्त गर्न पाइँदैन।’ उनले यो निर्णय सुधार गर्नसमेत उनले सरकारलाई आग्रह गरे। उनले भने,‘पहिला राजा हुँदा राजालाई असल चालचलन लाग्दैमा रिहाई गरिन्थ्यो। तर, अब त गणतन्त्र आएको छ। प्रधानमन्त्री राजा होइन उहाँलाई यो छुट छैन। आफूलाई लागेको ढंगबाट निर्णय गर्न।