देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारलाई निर्माण व्यवसायीको चेतावनी, ठेकेदारलाई पक्राउ गरे आन्दोलनमा उत्रने

देशान्तर

निर्माण व्यवसायीहरुले आफूहरुलाई प्रहरी कारवाही गर्ने लगायतका काम तत्काल बन्द नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरुलाई धरपक्कड गर्ने, प्रहरी कार्वाही गर्नेलगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण व्यवसायीहरुलाई प्रहरी कार्वाही गर्नेलगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने बताए । उनले सरकारले निर्माण व्यवसायीहरुमाथि गरेको व्यवहार सैह्य र धरपक्कड जस्ता काम नगर्न चेतावनी दिए ।

महासंघले गृहमन्त्री रामबहादुर थापाले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएपछि निर्माण व्यवसायीहरु सरकारप्रति आक्रोशित भएका हुन । अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरुलाई सक्रिय बनाएर मुलुकलाई समृद्ध बनाउने दायित्व सरकारको भएको पनि स्मरण गराए ।

उनले सार्वजनिक खरिद नियमावली बनाई लागू गर्ने कानुनी प्रावधान अनुसार स्थानीय तहमा पनि निर्माणको काम अघि बढाउन आवश्यक वातावरण बनाउन सरकारसँग माग गरे।

महासंघले ठेक्का सम्झौता बमोजिम भइरहेको काममा सरकारी तहबाटै अवरोध पु¥याउने काम भइरहेको भन्दै आपत्ति पनि जनाए । महासंघका अध्यक्ष श्रेष्ठले चन्दा माग्नेलगायतका काम तत्काल बन्द गरेर निर्माणको काम गर्न आवश्यक शान्ति, सुरक्षाको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।