देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ मा नेकपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

देशान्तर

नेपाल कम्युनिष्ट पार्टीले २ नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकारले आफुहरुको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको जनाएको छ ।

आइतबार बसेको प्रदेशसभाको दोश्रो अधिवेशनको पहिलो बैठकमा तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डल र तत्कालिन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले १ सय दिनमा सरकारले सोचेजस्तो काम नगरेकाले समर्थन फिर्ता लिएको जानकारी गराए ।

सरकार आफुखुशी चलेको नेकपाको आरोप छ । यसैबिच नेकपाले समर्थन फिर्ता लिएपनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजबादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ ।

दुवै दलका गरि ५४ जना सांसद छन् भने एकजना स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गरेका छन् । सरकार गठन गर्न ठ्याक्कै ५४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

तर अब विपक्षी भने बलियो भएको छ । यसअघिसम्म कांग्रेस बाहेक सवै दल र स्वतन्त्र सांसदको पनि समर्थन सरकारलाई रहेकोमा अब नेकपा र काँंग्रेस विपक्षी दल बन्न पुगेका छन् ।