काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रम पारित भएको छ ।
व्यवस्थापिका संसदको आइतबारको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो ।
नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजाल र राजपा नेपालका सांसद अनिलकुमार झाले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन मानेनन् ।नीति तथा कार्यक्रममा केही सांसदले संशोधन हाले पनि केहीले फिर्ता लिएका थिए भने केही बहुमतबाट अस्वीकृत भएका थिए ।
प्रतिक्रिया