नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा कम्युनिष्टहरुको अधिनायकवाद शुरु भएको दाबी गरेका छन् ।
गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा नेता सिटौलाले कम्युनिस्टहरुको अधिनायकवादको नेपाली जनताले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । उनले नेपाली कांग्रेसले गुण र दोषका आधारमा सरकारलाई खबरदारी गर्ने बताए ।
नेता सिटौलाले सरकारले लोकतन्त्रविरुद्ध कुनै काम गरे त्यसको प्रतिकार गर्ने चेतावनी पनि दिए । जनचाहना अनुसारका काममा सरकारले चासो नराखेको भन्दै उनले जनताका मुद्दालाई कांग्रेसले उठाउने बताए ।
उनले राष्ट्रियताका विषयमा नेपाली कांग्रेसभित्र कुनै गुट–उपगुट नभएको दाबी गर्दै मुलुकको समृद्धिका मुद्दामा पनि कांग्रेसले अगुवाई गरेको प्रष्ट पारे । कार्यक्रममा सहभागीहरुले भने संसदमा नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका थिए ।
प्रतिक्रिया