देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षक जिम्मेवार नहुँदा शैक्षिक स्तर खस्कियो:मुख्यमन्त्री पौडेल

देशान्तर

काठमाडौं । मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक बिकासका लागि अध्यापन गराउने शिक्षकहरु जिम्मेवार बन्नु पर्ने बताएका छन् ।मुख्यमन्त्री पौंडेलले शिक्षक जिम्मेवार नहुँदा शैक्षिक स्तर खस्किएको संकेत गर्दै शिक्षक जिम्मेवार बन्नु पर्ने बताएका हुन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका ५ सरीखेतमा रोटरी क्लब हेटौंडाको सहयोगमा निर्माण भएको चारकोठे विद्यालय भवन र चारकोठे छात्राहरुका लागि निर्माण गरेको छात्राबासको बिहीवार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सबै जिम्मेवार बनेमात्र बिकास र समृद्धिको सपना सकार हुने बताए ।

सरकारले मात्र केही गर्न नसक्ने भन्दै सबैको सहयोग र तत्परता रहे आउँदो पाँच वर्षमा मुलुक बिकास र समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे ।अहिले बिकासको गति राजनीतिक दाउपेचका कारण कमजोर बनेको भन्दै जनतालाई बिकास दिनका लागि यो ऊ नभनी सबै मिलेर लाग्नुपर्ने बताए ।