देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजामती कर्मचारीको तलब बढाउन ट्रेड युनियनको माग

देशान्तर

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडासँगको भेटमा ट्रेड युनियनले कर्मचारीको तलब वृद्धिको माग गरेको हो । कार्यालय सहयोगीको भन्दा मुख्य सचिवको तलब पाँच गुणा माथि हुने गरी युनियनले तलब वृद्धिको प्रस्ताव गरेको हो ।

अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले कर्मचारीको भारी तलब वृद्धिको माग गरेको हो ।
अहिले कार्यालय सहयोगीको तलब करिब २० हजार र मुख्य सचिवको मासिक ६० हजार रुपैयाँको हाराहारीमा छ । आधिकारिक ट्रेड युनियनले सरकारले वार्षिक सात हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको पोशाक भत्ता १५ हजार रुपैयाँ र्पुयाउन पनि माग गरेको छ ।

कर्मचारी युनियनले निजामती कर्मचारीलाई वर्षको अन्त्यमा १५ दिन आन्तरिक पर्यटन काजको व्यवस्था मिलाउन पनि माग गरेको छ । आउँदो आर्थिक वर्षको बजेटको तयारीमा सरकार रहेकाले आफूहरुले आफ्ना मागबारे अर्थमन्त्रीलाई जानकारी गराएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले बताए ।