देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म हत्यारा र तस्कर हैन:गोरेको बयान

देशान्तर

काठमाडौं । ३३ किलो सुन गायब र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मोरङ जिल्ला अदालतमा बुधबार बयान दिँदै गोरेले दुवै प्रकरणमा आफ्नो संग्लनता नरहेको जिकिर गरेका हुन् ।

न्यायाधिश नारायण शर्माको इजलाशमा गोरेको बयान जारी छ । बन्द इजलाशमा जारी बयानमा गोरेले सुन र सनम हत्याबारे सबै कुरा भुजुङ गुरुङ र एमके अग्रवाललाई भएको तर्क प्रस्तुत गरेका छन् । बन्द इजलाशमा गोरेले सनमलाई यातना दिएको भिडियो देखाएर यो को हो त भन्दै गोरे पक्षका वकिल यमबहादुर मगरले प्रतिवाद गरेपछि भिडियो देखाइएन ।

गोरेलाई अहिले यसअघि पक्राउ परेका ३० जनाबाट लिइएको बयान सुनाइँदैछ । उनीहरुको बयानसँगै गोरेलाई बीच–बीचमा प्रश्न गर्ने काम पनि भइरहेको अदालत स्रोतले बतायो ।