देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको सम्पत्ति: बैंकमा ४२ लाख,घरजग्गा श्रीमतीको नाममा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ओलीको नाममा बैंक खातामात्रै देखाइएको छ । घरजग्गा तथा शेयर लगायतका विवरण भने श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुरको सूर्यबिनायक–२ का स्थायी बासिन्दा ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको छ यस्तै सोहि स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको अर्को घर पनि रहेको छ । दुबै घर स्वआर्जनमा खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसैगरी राधिका शाक्यकै नामा झापाको पृथ्वीनगरमा स्वआर्जनले १० कठ्ठा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै स्वआर्जनमा १७–१८ तोला सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नामा माछापुच्छ्रे बैंकमा ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख रहेको तगा ओली आफ्नै नाममा पनि एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

ओलीको नाममा बैंकमा रहेको नगर तलब भत्ता वापत प्राप्त भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै राधिका शाक्यकै नाममा २५ लाखको राष्ट्रिय बचन पत्र रहेको पनि उल्लेख गरिएको छ । विवरणमा राधिका नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि उल्लेख गरिएको छ ।