काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताको सम्बृद्धिको चाहनालाई पुरा गर्ने दृढता नीति तथा कार्यक्रमले प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।
उसले नीति तथा कार्यक्रमलाई पार्टीको घोषणा पत्र जस्तो घोषणाको पुलीन्दा मात्र रहेको भनि टिप्पणी गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमले आगामी एक बर्ष भित्र सरकारले के–के गर्ने प्रष्ट धारणा स्पष्ट रुपमा ल्याउन नसकेको बताएको छ ।
बैठकपछि जारि विज्ञप्तीमा भनिएको छ– ‘नीति र कार्यक्रम पार्टीको घोषणा पत्र जस्तो घोषणाको पुलीन्दा मात्र रहेको छ । आगामी एक बर्ष भित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन सकेको छैन ।’
कांग्रेसले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, नेपाली जनताको घर आगनमा सरकारको सेवा र सुविधा पु¥याउने सबैको प्रतिबद्धता एवं नेपाली जनताको चाहनालाई वेवास्ता गर्दै स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजनालाई उपेक्षा गरेको जनाएको छ ।
सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिनिधी सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेको तर्फ नेपाली कांग्रेस संसदीय दलको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिक्रिया