काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी सदस्यको नाम टुंग्याएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको सदस्यको नाम टुंगो लगाएको हो ।
मंगलबार सबै सदस्यको सूची निर्वाचन आयोगमा बुझाइसकेपछि सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २ सय ४१ तथा माओवादीबाट दुई सय सदस्य छन् ।
प्रतिक्रिया