काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ ।सिमेन्ट उद्योग नेपालको शारदा समूह र चीनको होङ्सी समूहको साझेदारीमा करिब ३६ अर्बको लगानीमा खुलेको हो ।उद्योग नवलपरासी त्रिवेणी विनयी गाउँपालिका साविकको बेनीमणिपुर गाविसमा छ ।
उद्योगको उत्पादन क्षमता दैनिक १२ हजार टन भए पनि पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य भएको कम्पनीले जनाएको छ । उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ ।उद्योग सञ्चालक समितिका सदस्य सतिश मोर उत्पादन केही दिनमै बजारमा आउने जानकारी गराउनु भयो ।
सञ्चालक समितिका सदस्य मोरले उत्पादन कारखाना पूर्ण क्षमतामा सञ्चालनका लागि ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताए ।
उद्योगमा एक हजार भन्दा बढीले रोजगारी पाएका छन् ।
प्रतिक्रिया