देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोदीलाई भ्रष्टाचारको आरोप लगाए राहुलले

देशान्तर

काठमाडौं ।  भारतीय कंग्रेस कंग्रेस–आई का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भने तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।

उनले भने भाजपाले प्रधानमन्त्री मोदी र पार्टी प्रमुख अमित शाहभन्दा भारतीय समाज, जनता र व्यवस्था ठूला हुन् भन्ने बुझ्न जरुरी छ ।गान्धीले प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्ध लडिरहेको भन्ने झुटो अभिव्यक्ति दिएर जनतालाई झुक्याइरहेको बताए ।

नेता गान्धीले भारतीय प्रतिपक्षी दलहरूलाई एकआपसमा एकता गरी विजेपीलाई हराएकोमा कृतज्ञता व्यक्त गरे । कर्नाटकमा राज्य सरकारका गभर्नर भाजुभाई आर भालाले कंग्रेस र जनता दलको गठबनधनमा बहुमत विधायक रहँदारहँदै पनि भाजपालाई सरकार गठनका लागि बोलाएपछि राजनीतिक सङ्कट उत्पन्न भएको थियो ।