काठमाडौं । आसिपी बाटै आयात निर्यात गर्न गराउने सहमती भएपछि दुई दिन देखी ठप्प रहेको रक्सौल बीरगन्ज मुख्य मार्ग शनिबार विहान देखी सुचारु भएको छ ।
रक्सौलमा सर्वदलिय विरोध समिती तथा स्थानिय प्रशासन बीच सहमती भएपछि रक्सौलमा स्थानियको प्रदर्शन आन्दोलन स्थगित भएको हो । नेपाल भित्रिने तथा खाली भएर भारत फर्किने मालवाहक गाडीहरुलाई रक्सौल नगरक्षेत्रमा प्रवेश निषेध गर्ने , नेपाल भित्रिने र फर्किने सम्पुर्ण मालवाहक साधन आइसिपी भएरै आवत जावत गर्ने दुबै पक्ष बीच सहमती भएको हो ।
आइसिपीलाई जुन ३० सम्ममा पुर्ण क्षमतामा संचालन गराउने तथा सडक दुर्घटनाका पिडिीत परिवारलाई क्षतीपूर्ती दिलाउन रक्सौल प्रशासनले पहल गर्ने सहमती पछि मुख्य सडक मै जारी सर्वदलिय धर्ना स्थगित गरिएको रक्सौलका समाजिक अभियन्ता प्राध्यापक डा ।
शम्भु सलभले जानकारी दिए ।दुबै देशका प्रधानमन्त्रीले आईसिपीको उदघाटन गरिसकेको र अहिलेपनि आइसिपीबाट नभई रक्सौल भंसार बाटै मालसमान गइरहेकोले यस क्षेत्रमा सडक दुर्घटना बढेको स्थानियको भनाई छ ।
प्रतिक्रिया