काठमाडौं।नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्यहरु छान्न अध्यक्ष पुष्पकमल दाहाललाई सकस परेको छ । ४३ सदस्यीय स्थायी समितिमा विघटित एमालेबाट २५ जना र विघटित माओवादी केन्द्रबाट १८ जना नेता रहने भनिएको छ ।
तत्कालीन माओवादीबाट १० जनाको नाम टुंगो लागिसके पनि बाँकी नेताहरुको नाम छनोट गर्न दाहाललाई अप्ठेरो परेको छ । स्रोतका अनुसार पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति वस्नेत, पम्फा भुसाल र देव गुरुङ स्थायी समितिमा रहने लगभग पक्का छ । तर बाँकी नेताहरुको टुंगो लागिसकेको छैन ।
मधेसबाट मात्रिका यादवको सम्भावना छ । तर, मधेसबाटै रामचन्द्र झा र प्रभु साह पनि बलियो दाबेदार छन। यसैगरी अग्नि सापकोटा पनि स्थायी समितिमा पर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
सिन्धुलीका हरिबोल गजुरेल, प्युठानका मणि थापा र कैलालीका लेखराज भट्टले पनि स्थायी समितिमा दावी गरेका गरेका छन । यस्तै अमिक शेरचन, लिलामणि पोखरेल, राम कार्की पनि स्थायी समिति सदस्यका दावेदार रहेका छन।
दाहालले कसकसलाई स्थायी समितिमा राख्ने भनेर निर्णय लिन सकेका सक्नुभएको छैन । पोलिटव्यूरो तत्काल नबनाउने र केन्द्रीय समिति ४४१ सदस्यीय बनाउने यसअघि नै सहमति भइसकेको छ ।
प्रतिक्रिया