भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बैठक बसिरहेको छ । संयोजक ठाकुर अस्वस्थ्य रहेको कारण उनकै निवासमा बैठक बसिरहेको बताइएको छ ।
२३ दिनपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको हो । राजपा नेपालका प्रवक्ता एवं महासचिव केशव झाका अनुसार बैठकले पार्टीको राजनीतिक समितिको बैठकको मिति तय गर्नेछ । साथै, देशको समसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र आगामी आर्थिक वजेटको बारेमा पनि राजपा नेपालले छलफल गर्ने बताइएको छ । अर्कोतिर माओवादी केन्द्र र एमालेले पार्टी एकीकरण गरेपछि फोरम नेपाल र राजपा नेपालबीच पनि एकीकरणका विषयमा छलफल भएको बताइएको छ ।
हिजै मात्र राजपा नेपाल र फोरम नेपालको संयुक्त बैठक बानेश्वरमा बसेको थियो । सो बैठकमा सामसामयीक राजनीतिक अवस्थाको बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया