देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रिटेन प्रिन्स ह्यारी र मेगनको विवाहमा आउने पाहुनालाई सात शर्त

देशान्तर

लण्डन।ब्रिटेनका प्रिन्स ह्यारीको मे १९ तारिखमा अमेरिकी नायिका मेगन मर्केलसँग विवाह हुँदैछ । विवाहको समारोह ब्रिटेनको विन्डरस क्यासल चर्चमा हुनेछ । ६ सय पाहुनालाई विवाहमा निम्तो दिइएको छ । पाहुनाको स्वागत गरिएको छ तर शर्त लागू गरिएका छन् । विवाहको निम्तो कार्डमा नै पाहुनाका लागि यी सात शर्त तोकिएका छन् – ती हुन्ः

१: फोन र क्यामरा बन्देज
विवाह समारोहमा फोन र क्यामरा दुबै निषेध गरिएका छन् । विवाह पूर्ण रुपमा नीजि होस् भन्ने चाहनासहित यस्तो गरिएको बताइएको छ । हलभरी एकमात्र आधिकारिक फोटोग्राफर हुनेछन्, उनैले सबैको फोटो खिच्नेछन् । विवाह कार्यक्रमबाट फर्किएपछि वेडिङ हल बाहिर राखिएको फोन फिर्ता पाइनेछ ।

 

२ं: ड्रेस कोड जसरी पनि पालना गर्नैपर्ने
ड्रेस कोड हुनेछ पुरुषका लागि फर्मल र महिलाका लागि गाउन । अर्थात्, पुरुष सुटबुटमा र महिला गाउनमा हुनैपर्ने । कुनै विशेष रङको कोड भने जारी गरिएको छैन । महिलालाई ह्याट लगाउन पनि सल्लाह दिइएको छ । यद्यपी, ह्याट लगाउन अनिवार्य गरिएको छैन ।

 

३ :ठूलो ब्याग ल्याउन नपाउने

विन्डसर क्यासलको मेनगेटबाट तीन किलोमिटर वर नै चेकिङ पोइन्ट हुनेछ । त्यहाँ हरेक पाहुनाको तलाशी हुनेछ, फोन क्यामरा जम्मा गराइनेछन् । गाडी पनि रोकिनेछ । त्यहाँबाट ३ किलोमिटर टाढा पैदल नै जानुपर्छ । त्यसकारण उनीहरुलाई ठूलो ब्याग नल्याउन भनिएको छ ।

 

४: कुनै उपहार होइन, च्यारिटी गर्नुहोस्

पाहुनालाई ह्यारी मेगनका लागि कुनै उपहार नल्याउन भनिएको छ । यसको साटो शाही परिवारले सात च्यारिटी संस्थाको सूची जारी गरेको छ । शाही जोडीलाई उपहार दिनुको साटो यी संस्थामा दान दिन आग्रह गरिएको छ ।

 

५: झगडा होइन, आ–आफ्नो स्थानमा बस्नुहोस्

विवाहमा आउने सबै ६ सय पाहुनाका लागि सीट तोकिएको बताइएको छ । सबैलाई आ–आफ्नो सीटमा बस्न भनिएको छ । कसैले पनि सीटका लागि आपसमा झगडा नगर्न शर्त राखिएको छ ।

 

६: रानीलाई भेट्न कोसिस नगर्ने

पाहुनालाई क्विनको प्रोटोकलको पालना गर्न र उनलाई भेट्न कोसिस नगर्न अपिल गरिएको छ ।

 

७: शाही बेहुलीको बुकेलाई नसमात्ने

चर्चको विवाहको कल्चरभन्दा भिन्न शाही विवाहमा न त दुलहीले बुके फ्याँक्नेछिन् न नै कसैले यसलाई समात्ने कोसिस गर्नेछन् ।